नियम २३
मु्द्दाको कागजात सहित प्रस्ताव पठाउने
(१) यस परिच्छेदबमोजिम पुनरावेदन वा निवेदन गर्ने वा नगर्ने प्रस्ताव पठाउँदा अड्डा, अदालतको निर्णय एवं मिसिल संलग्न कागजात समेत राखी पठाउनु पर्छ ।
(२) पुनरावेदन गर्ने नगर्ने वा निवेदन गर्ने नगर्ने प्रस्ताव पठाउ“दा सो गर्नु पर्ने वा गर्नु नपर्ने आधार स्पष्ट रुपमा खुलाउनु पर्छ ।